जीवनी
नाम | किरण कुमार साह |
---|---|
जिल्ला | रौतहट |
निर्वाचन क्षेत्र नम्बर | २ दुई |
गाउँ | हाल राजपुर,नगरपालिका वार्ड न.५ |
बुवा | हजारी साह तेलि |
आमा | सोनवा देबि तेलि |
बुजन्म मिति | २०३४-०८-२५ गते |
शिक्षा | गणित बिषयमा स्नातक सम्मको |
बैवाहिक जीवन | पत्नी शर्मिला कोइराला साह |
छोरा/छोरी | सौरभ साह, डा.ज्योति साह, कान्छी छोरी -जुनु साह |
राजनितिक यात्रा र संघर्षका दिनहरु।।
समान्यत:युगमा जन्मिने मान्छे युग सङ संगै बिलाउछन तर युग जन्माउने मान्छे युगौ युगसम्म पहिचान बनाउछन"।
बाल्यकाल देखि नै पढाई लेखाइ होस या अन्य कुनै संघर्षको मैदान अथवा समूह निर्माण गरि नेतृत्व प्रदान गर्ने सवाल किन नहोस मानिय किरण कुमार साह अग्र पङतिमा रहेर काम गर्न उत्सुक रहन्थ्यो। उनी एक कुशल समाज सेवि , साहशिक योद्धा र दुरदर्शि नेताको रूपमा आफ्नो मौलिक धर्म सन्सकृतीलाई रक्षा गर्न सधै अग्रसर एक चिन्तन बोकेका नेता हुन ।
समाजमा जरजर गरिबी , अभाव, असमानता, विभेद,पछौटेपन र कथित बडा भनाउदाहरुको अन्याय , अत्याचार शोषण दमन र उत्पिडन लाई नजिक बाट हेरेका उनी भित्र सानै उमेर देखि नै आलोचनात्मक चेत सहितको बिद्रोही स्वभाव बिकास हुन पुग्यो। जसकारण उनले राजनीतिलाई नभई राजनीतिले उनलाइ छनौट गरेको कुरा सहजै बुझ्न सकिन्छ।।
शिक्षा , बिकास , समानताको सवालमा अति नै पिछडिएका रौतहट निर्वाचन क्षेत्र न. २ मा परिवर्तन ल्याउने संकल्प सहित
२०५६ साल देखि माओबादी पार्टी बाट सक्रिय राजनीति यात्रा सुरु गरे। देशमा बिद्धमान तत्कालीन एकात्मक शासन प्रणाली राजतन्त्र लाई फाली लोकतान्त्रिक गणतन्त्र स्थापनको लागि मानिय किरण कुमार साह पनि महान जनयुद्धमा होमिनु भयो र ४/५ साल भुमिगत भएर पनि बस्नु पर्यो। विशाल शान्ति सम्झौता पछि देशबाट राजतन्त्र फालियो र २०६१ साल तिर देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो, २०६२ तिर अन्तरिम संविधान लागू भएपछि देशमा विभिन्न समुदायहरुले आ आफ्नो अधिकार प्राप्त गर्न संघर्ष जारी राखेका थिए उत्पिडनमा परेका थारु, मधेसी, जनजाती, दलित, मुस्लिम सबै समुदायले आफ्नो प्रतिनिधित्व खोज्दै संघर्ष जारी राखेका थिए सोही आन्दोलनको क्रममा २०६५ सालमा गौरको बिपिचौकमा पुलिस ले गोलि चलाउदा दाहिने पखुरामा गोलि लाग्दा उनिघाइते हुनु भयो र उपचारको लागि गौर जिल्ला अस्पताल लगियो शल्यक्रिया पछि डा. टिमले गोलि निकाल्न सफल भयो भाग्यले बाचेको उनी माओवादी पार्टीकै भातृसङगठन वाइसीएलको जिल्ला संयोजकको जिम्मेवारी पाउनु भयो यो नै मानिय किरण साहको पहिलो राजनितिक सफलता थियो यहाबाट उनको चर्चा जिल्ला स्तरमा हुन थाल्यो।त्यसबेला को चर्चित तत्कालीन मावोबादी नेता एब संविधान सभा सदस्य एब पुर्व मन्त्री मानिय प्रभु साह ज्युलाई आफ्नो राजनितिक गुरु मानेका नेता साह २०६५ देखि २०६९ सालसम्म राजपुर माबी स्कुलको ब्यवस्थापन समितिको अध्यक्ष को रुपमा काम गर्दै अगाडि बढे । ब्यवस्थापन समिती को अध्यक्षको रूपमा कुशल नेतृत्व प्रदान गरेको उनको चर्चा क्षेत्र न. २ भरी आउने दिनमा सान्सद उम्मेदवारको रूपमा हुन थाल्यो नभन्दै पहिलो संबिधान सभा सदस्य निर्वाचन- २०७० मा भाग लिदै माओवादी पार्टीबाट चुनाव लडनु भयो। २०७० मा जनताले खासै बिश्वास नगरेका नेता साह तेस्रो स्थान प्राप्त गर्दै चित बुझाउनु पर्यो । क्षेत्रमा परिवर्तन को बीगुल फुकिसकेका नेता साह चुनाव हारेतापनी अलिकति पनि आफ्नो उदेश्यबाट बिचलित हुनु भएन निरन्तर जनताको सेवामा लागिरहे।
२०७० सालको संविधान सभा को चुनावपछी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा नया संविधान पाउन सफल हुन पुग्यो।
नया संविधान अनुरुप २०७४ सालको प्रतिनिधिसभा सदस्यको चुनावमा त्यही माओवादि पार्टिबाट चुनाव लडने इक्छा भए पनि चुनावी एमाले मावोबादीबिचको गठबन्धन ले गर्दा उनी टिकट पाउन सकेन। त्यसपछि त्यसबेला चर्चामा आएका परिवर्तन र अधिकार का लागि लडेका पार्टी मधेशी जन अधिकार फोरम नेपालमा उम्मेदवारीकोको एक दिन अगाडि प्रवेश गर्दै उम्मेदवारी दिनु भयो र निकतम प्रतिद्वन्द्वी हुँदै फेरि पनि पराजय बेहोर्नु पर्यो।
जातिय दलदल मा फसेको निर्वाचन क्षेत्र न. २ जहाँ ४० % मुस्लिम समुदायको जनसंख्या रहेको यो क्षेत्रमा कहिले पनि अरु समुदाय को प्रतिनिधित्व हुन सकेका थिएन। यस्तो तथ्यलाई नजिकबाट नियालेको नेता साह संघर्षबाट कहिले पनि पछाडी हटेन दोस्रो चोटिको हारको बाबजुद पनि निरन्तर अगाडि बढदै जानू भयो र तत्कालीन जसपा पार्टीको संघिय परिषद सदस्यको रूपमा जिम्मेवारी पाउनु भयो । जसपा पार्टीमा जति राम्रो काम गरेतापनी पार्टी अध्यक्ष उपेन्द्र यादवको एकल जातिय सङिर्न सोचका कारण त्यसको मुल्यांकन नहुने देखेपछि नेता साह २०७७ मा नेकपा एमाले पार्टी को अध्यक्ष केपि ओलि को "सुखी नेपाली समृध नेपाल"को रास्ट्रिय अकाक्षा पूरा गर्न नेकपा एमाले प्रवेश गर्नु भयो ।
"सम्पुर्ण अधिकार सहित आत्मशमान, परिवर्तन, बिकास, निर्भय समाज निर्माण, सुशासन,पार्दिशिता हाम्रो अभियान" भन्ने सन्कल्प आफै बोकि नेता साह अगाडि बढदै जानू भयो। पुर्व मन्त्री स्व.शेख इद्रिस देखि हाल आफ्ताब आलम सम्मले एकल परिवारिक राजनितिक बर्चस्व जमाएको यश क्षेत्रमा वाहाहरु बाहेक अरु कशैले जित्छ भन्ने कल्पना समेत गर्दैन्थ्यो चाहे त्यो स्थानीय निकायको प्रमुख मा नै किन नहोस।
यस्तो अकल्पनीय चुनौतिलाइ सामना गर्दै नेता साह दुई चोटि पराजितभएतापनी आफ्नो लक्ष्यबाट अलिकति पनि बिचलित हुनु भएन।
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले बाट चुनाव लडने सोच बनाएको नेता साह उम्मेदवारी दार्ताको एक दिन पहिला फेरि पनि एमाले जसपा गठबन्धन का कारण एमाले बाट टिकट पाउन सकेन दुर्भाग्य बश यो क्षेत्र न.२ जसपा को भागमा पर्यो र उनी टिकटबाट बन्चित हुनपुग्यो। भाग्यबाट पनि जहिले तिरस्कृत भएको नेता साह यहाँ पनि हरेश खाएन। भन्छ नि कर्म गरेपछि त्यसको फल मीठो हुन्छ त्यसतै उनले बिगतमा हार बेहोरे पनि सधै जनताको लागि जितेको जनप्रतिनिधि जस्तै क्षेत्रमा नेतृत्व प्रदान गर्नु भयो सधैं जनताको सुख दुखमा साथ दिदै सेवा गर्दै जानू भयो। जनताले पनि बिगतमा उनले गरेका कार्यको मुल्यांकन गर्दै पार्टीबाट टिकट नपाए के भयो र.? जनता को टिकट बाट लडनु भनेर हजारौंको संख्यामा रहेको भिडले एक स्वरमा आग्रह गरे र अन्ततः उनी स्वतन्त्र उम्मेदवार हुँनु भयो बिकासपुरुषको रुपमा छवि बनाएको आदरणीय नेता प्रभु साहपनि रास्ट्रघाति असंबैधानिक गठबन्धन बाट असन्तुष्ट हुँदै एमाले पार्टीको टिकट त्याग्दै रौतहट क्षेत्र न.३ बाट स्वतन्त्र उम्मेदवारी दिनु भयो। सयुक्तरुपले आपसी समझदारीमा एउटै चुनाव चिन्ह कल छाप लिएर चुनावमा होमिनु भएको दुबैजनाले अन्ततः जित्न सफल हुनु भयो।
रौतहट निर्वाचन क्षेत्र न.२ मा परिवर्तन को इतिहास रच्नसफल नेता साह सान्सद मा पुग्ने बितिकै विश्व इतिहासमा पहिलो चोटि आफ्नो धर्म सन्सकृती मूल्य मान्यता लाई ध्यानमा राखदै सन्सकृतमा सपथ लिएर चर्चा बटुले र नेपालभरी केन्द्रीय नेताको रुपमा पहिचान बनाउन सफल हुनपुग्यो । नेता साह यस्तो नेता हुन जस्को जितको लागि हजारौं जनता ले आ आफ्नो मान्यता अनुरुप भाकल अर्थात मनौती राखेका थिए आफ्नो खर्चमा। आजको यो युगमा अधिकान्स प्रतिनिधिले राजनीतिलाई पैशा कमाउने पेशा बनाएको भए तापनी नेता साह राजनीतिलाई जनताको सेवा हो भन्ने भवना अनुरुप आफ्नो करोडौको सम्पती जनताको लागि खर्च गरेका छन।
No comments